काठमाडौँ- ओपनर विनोद भण्डारी चम्किँएको खेलमा लुम्बिनी लायन्सविरुद्ध सुदूर पश्चिम रोयल्सले सहज जीत निकालेको छ।
जीतका लागि पछ्याएको १४३ रनको लक्ष्य सुदूरले आठ बल बाँकी रहदाँ मात्र ३ विकेट गुमाएर पुरा गर्यो।
उसका लागि भण्डारीले नटआउट ६९ रन बनाए। त्यस्तै आरिफ सेखले ३९ रन बनाए।
लुम्बिनीका लागि तिलक भण्डारी , अभिसेख सर्मा र रुबेनले समान १-१ विकेट लिए।
त्यसअघि टियू क्रिकेट रंगशालामा भएको खेलमा लुम्बिनी १९. ४ बलमा १४३ रनमा अलआउट भएको थियो।
सुदुरका लागि अविनाश बोहोरा र हर्मीत सिंहले समान ३ विकेट लिएका थिए। त्यस्तै हेमन्त धामीले २ विकेट लिएका थिए।
लुम्बिनीका लागि कप्तान रोहित पौँडेलले बनाएको ३४ रन नै सर्वाधिक रन बन्यो। त्यसतै दिलिप नाथले ३१ रन बनाएका थिए।

