काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्।
बिहीबार बिहान ११:४५ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।
तीन खेलमा अपराजित रहेको सुदूरपश्चिम ६ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ, जबकि समान तीन खेल खेलेको लुम्बिनीले भने केवल २ अंक मात्रै जोड्न सकेको छ।
यस्तै, दिउँसो ४ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्नेछन्।
दुवै टोलीले अहिलेसम्म दुई–दुई खेल खेले पनि अंकबिहीन रहेको छ।
जनकपुर र पोखरा आज पहिलो जितको खोजीमा मैदान उत्रनेछन्।

