काठमाडौँ- नेपाल प्रिमियर लिग क्रिकेटमा शनिवार जारि पहिलो खेलको पहिलो इनिङ्गसमा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई जीतका लागि १५७ रनको मध्यम लक्ष्य दिएको छ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १५६ रन बनाएको हो।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ४९ रनको योगदान गरे। त्यस्तै जेजे स्मिथले २३ रन बनाउदा रुबेन ट्रुप्लेमेनले २९ रन बनाए।

उता कर्णालीका लागि नन्दन यादवले २ विकेट लिदा सोमपाल कामी, गुल्शन झा,विपिन शर्मा , युवराज खत्रीले समान १-१ विकेट लिए।

लुम्बिनी लायन्सले आफ्नो पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको छ।

कर्णाली याक्स भने पहिलो खेलमै चितवनसँग ४ विकेटले पराजित भएको थियो, त्यसैले आजको खेलमा कर्णाली पुनरागमनको खोजीमा रहनेछ।

आजकै दोस्रो खेल काठमाडौँ गोर्खाज र विराटनगर किंग्स बीच दिउँसो ३:३० बजे सुरु हुनेछ। काठमाडौँ गोर्खाजले यसअघि खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार व्यहोरेको छ।

विराटनगर किंग्स भने आफ्नो दोस्रो खेल खेल्दैछ र पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराउँदै बलियो सुरुआत गरिसकेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile