काठमाडौँ- नेपाल प्रिमियर लिग क्रिकेटमा टीयू मैदानमा जारि खेलमा चितवन राइनोजले लुम्बिनी लायन्सलाई सामान्य लक्ष्य दिएको छ।
टस हार्दै सुरुवाती ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा सात विकेटको क्षतिमा १४२ रन बनाएको हो।
चीतवनका लागि कप्तान कुशल मल्लले २१ र सेफ जैबले १५ रन बनाउँदा आर बोपराले सर्वाधिक ६६ रन बनाए।
लुम्बिनीका लागि रुबेन त्रुम्प्लेमेनल तीन विकेट लिदा अविसेश गौतमले दुई विकेट लिए।

