काठमाडौँ- नेपाल प्रिमियर लिगको चौथो दिनको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदुरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजविरुद्ध मध्यम लक्ष्य दिएको छ।
टियू क्रिकेट रंगशालामा सुदुरले निर्धारित ओभरको अन्तिम बलमा अलआउट हुदै १४७ रन बनाएको हो।
पहिलो ओभरमा काठमाडौँका कप्तान करण केसिले २ विकेट लिएका थिए। उनले सुदुरका ओपनरदोय विनोद भण्डारि र जोश ब्राउनको विकेट लिएका थिए।
पहिलो पावर प्ले को समाप्तीमा सुदुरले ४ विकेट गुमाउदा २७ रन बनाएको थियो।
सुदुरका लागि आरिफ सेखले २५ रन बनाउदा कप्तान दिपेन्द्र सिंह ऐरिले ३९ रन बनाए । हर्मित सिंहले सर्वाधिक अर्धशतकिय ५३ रनको महत्तवपूर्ण योदान दिए।
काठमाडौँका लागि करण केसिले सर्वाधिक ४ विकेट लिदा मिलिन्द कुमारले २ विकेट लिए। त्यस्तै रसिद खान र सन्नी पट्टेलको नाममा पनि २ विकेट रह्यो।

