काठमाडौँ- नेपाल प्रिमियर लिगमा आज बुधबार हुने खेलमा काठमाडौँ गुर्खाजले टस जीतेको छ।

काठमाडौँले टस जीतेर बलिङ्ग गर्ने निर्णयपछि सुदुरपश्चिम रोयल्सले सुरुवाती ब्याटिङ गर्न लागेको हो।

काठमाडौँको कप्तानी नेपाली राष्ट्रिय टोलीका बलर करण केसी ले सम्हालिरहेका छन् भने सुदूरपश्चिमको कप्तानी राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरी ले गरिरहेका छन्।

काठमाडौँ गोर्खाजको टोली:

करण केसी, भिम शार्की, शाहब आलम, दिपेश कँडेल, रासिद खान, प्रतिक श्रेष्ठ, आदिल आलम, उत्तम मगर, आकाश त्रिपाठी, तुल बहादुर थापा, सन्तोष यादव, सोनु देवकोटा, जेरार्ड एरासमस, मिलिन्द कुमार, बेन चार्ल्सवर्थ, जोन सिम्पसन, रिकार्डो भास्कोनेसेलोस, सन्नी पटेल।

सुदूरपश्चिम रोयल्सको टोली:

दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अविनाश बोहरा, नरेन साउद, हेमन्त धामी, दीपक बोहरा, मिलन बोहरा, दीपेन्द्र थापा, टेक रावत, हिक्मत महरा, क्रिस लिन, जोश ब्राउन, स्कट कुग्लेइन, हर्मीत सिंह, ध्रुव पराशर।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile