काठमाडौँ- विश्वकप लिग टु अन्तर्गत युएईमा जारी त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ। नेपालले दिएको २४० रनको लक्ष्य युएईले ४९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

युएईका मोहम्मद शाहदादले ९६ र मोहम्मद वासिमले ७६ रनको अर्धशतकीय योगदान दिए। नेपालका करण केसीले ३ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटमा २३९ रन बनायो। भीम सार्कीले ४८, कुशल मल्लले ४६ र दीपेन्द्र ऐरीले ३७ रन जोडे।

लगातार चार खेलमा हारसँगै नेपालले २० खेलपछि १२ अंकसहित पुछारबाट दोस्रो स्थानमा रहेको छ, जबकि युएई १० अंकसहित अन्तिम स्थानमै छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile