काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँचौँ तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेल जित्दै सिरिज आफ्नो पक्षमा पारेको छ।
बुधबार सम्पन्न निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्यो। यो जितसँगै नेपालले पाँच खेलको सिरिज ३–२ ले जितेको हो।
पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रन बनाएको थियो। मलेसियाकी कप्तान विनिफ्रेड दुराइ सिङले ४६ बलमा ५ चौकासहित सर्वाधिक ४० रन जोडिन्।
बलिङतर्फ नेपालका लागि राजमती ऐरी र कविता कुँवरले समान ३–३ विकेट लिँदै मलेसियाको इनिङ थामिदिए। रचना कुमारी चौधरीले १ विकेट हात पारिन्।
लक्ष्य पछ्याएको नेपालले १८ औं ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै सहज जित दर्ता गर्यो।
यसअघि सिरिजका पहिलो र तेस्रो खेल मलेसियाले जितेको थियो भने दोस्रो र चौथो खेलमा नेपाल विजयी भएको थियो। अन्तिम खेल जित्दै नेपालले सिरिज आफ्नो पक्षमा मोड्न सफल भयो।
यो जितसँगै नेपाली महिला टोलीले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आत्मविश्वास बढाएको छ

