काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी युनिटी कप टि–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ । सन् २०२५ सेप्टेम्बर २७ देखि ३० सम्म युएईमा आयोजना हुने प्रतियोगितामा नेपालले बलियो मानिने वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ ।

घोषित १६ सदस्यीय टोलीमा कप्तानको जिम्मेवारी रोहित कुमार पौडेलले सम्हाल्ने भएका छन् भने दिपेन्द्र सिंह ऐरी उपकप्तान रहँदै टोलीलाई सशक्त बनाउनेछन् ।

नेपालको टोलीमा रहेका खेलाडीहरू:
👉 कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल आलम, करण केसी, विवेक यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, अरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी र शाहब आलम ।

यो प्रतियोगिता नेपाली क्रिकेटका लागि ठूलो अवसरका रूपमा लिइएको छ । बलियो टोली वेस्ट इन्डिजसँगको भिडन्तले नेपालको प्रदर्शनको स्तरलाई अझै माथि पुर्‍याउने विश्वास लिइएको छ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *