काठमाडौँ- बंगलादेशविरुद्धको पहिलो टेस्टको पहिलो दिन रविचन्द्रन अश्विनको शतकमा भारतले बिहीबार बलियो सुरुआत गरेको छ ।
दिनको खेल सकिँदा भारतले ६ विकेटमा ३३९ रन बनाएको छ । यसअघि बंगलादेशी तीव्र गतिका बलर हसन मोहमदुले ४ विकेट लिएर भारतमाथि दबाब बनाएका थिए ।
दिनको दोस्रो सेसन सकिँदा भारत ६ विकेट गुमाएर १४४ रनको स्थितिमा पुगेको हो । अश्विनले १०२ र रवीन्द्र जडेजाले ८६ रन बनाए ।
उनीहरूले १९५ रनको नटआउट साझेदारी गरिसकेका छन् । बंगलादेशी कप्तान नजमुल हुसेन सान्टुले वर्षाको सम्भावनाबीच पहिले बलिङ गर्ने निर्णय गरेका थिए र त्यसलाई सही साबित गर्दै हुसनले सुरुमै ३ विकेट लिए । लञ्चपछि उनले थप एक विकेट हात पारे ।
