काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणत्मक सिरिज अन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ।

क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति ८:४५ बजेबाट शुरू हुनेछ।

यसअघि नेपाल आइतबार आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो।

क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल पाँच खेलमा एक जीत र चार हारका साथ २ अंकसहित तालिकाको सातौँ स्थानमा छ।

ओमान ४ खेलमा १ जीत र २ हारका साथ ३ अङ्कसहित छैटौँ स्थानमा छ। नेदरल्यान्ड्स आठ खेलमा १२ अङ्कका साथ शीर्ष स्थानमा छ।

विश्वकप सन् २०२७ को छनोटको रुपमा रहेको लिग–२ मा आठ टोलीको सहभागीता छ। नेपालले तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *