काठमाडौँ- विश्वकप लिग टु को क्यानडा सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । यो संगै
ओडिआई ईतिहासमा क्यानडासँग नेपाल पहिलो पटक पराजित हुन पुगेको हो।

क्यानडाले दिएको २५४ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा १५० रनमा अल आउट भएको हो।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक २२ रन बनाए । ओपनर आसिफ शेखले ३० बलमा २० रन बनाउँदै आउट भए । कुशल भुर्तेल १ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले ५ रन बनाए । गुलसन झाले २७ बलमा १५ रन बनाउदा भीम सार्कीले ३० बलमा १८ रन बनाए ।

क्यानडाका लागि डेलिन हेलिगरले ५ विकेट लिए । त्यस्तै अन्श पटेल र अखिल कुमारले समान २ तथा साद विन जाफरले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको थियो।

क्यानडाका लागि कप्तान निकोलस किर्तनले नटआउट ७३ रनको अर्धशतकीय ईनिङ खेले । नबनित धालीवालले ४८ रन जोडे । डेलिन हेलिगरले २७ बलमा ३० रन बनाए।

नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले समान २ तथा सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले समान १ विकेट लिए ।

जितसँगै क्यानडा भने ८ खेलमा ५ जित र ४ हारका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित नेपाल ४ खेलमा १ जित र ४ हारका साथ अंकतालिकाको सातौं स्थानमा छ ।

नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ । लिग टुमा सहभागी हरेक राष्ट्रले ३६ वटा ओडिआई खेल्नेछन् ।
अंक तालिकाको शीर्ष चार टोलीले २०२७ को विश्वकपका लागि हुने ग्लोबल छनोटमा स्थानमा बनाउने छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile