काठमाडौँ- क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यास खेलमा घरेलु टोलिलाई पराजित गरेको छ।

टोरोन्टोमा भएको खेलमा नेपालले स्थानिय एचपि जगुवार्सलाई ६६ रनले पराजित गरेको हो । नेपालले दिएको २४८ रनको लक्ष्य पछ्याएको जगुवार्स ३९ ओभरमा १८१ रनमा अल आउट भएको थियो।

जगुवार्सका लागि अजयविर सिंहले सर्वाधिक ५५ रन जोड्दा नदिम मन्जराले २९ रन जोडे ।

नेपालका लागि ललितनारायण राजवंशीले सर्वाधिक ४, सन्दीप लामिछानेले ३ तथा करण केसी र कुशल मल्लले समान १ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ४७.५ ओभरमा २४७ रनमा अल आउट भएको थियो । नेपालका लागि अनिल कुमार शाहले अविजित रहँदै सर्वाधिक ४७ तथा कुशल भुर्तेलले ४१ रन बनाएका थिए ।

कप्तान रोहित कुमार पौडेलले ३३, भीम सार्कीले २१, गुलसन झा र आशिफ शेखले समान १९ तथा दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *