काठमाडौं- नेपाली क्रिकेटर सन्दीप लामिन्छानेलाई अमेरिकाले भिसा दिएको छ। आईसीसी विश्वकप लिग–२ खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा दिएको हो।

केही महिनाअघि टी–२० विश्वकपका लागि सन्दीपलाई अमेरिकाले भिसा दिएको थिएन्।

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्ने सन्दीपसहितको नेपाली टोली मंगलबार राति क्यानडा प्रस्थान गरिसकेको छन् ।
लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले यही सेप्टेम्बर १६ र २२ मा क्यानडासँग तथा सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्ने छ।

यी दुई टोलीसँग नेपालले त्रिकोणात्मक टी–२० सिरिज पनि खेल्ने छ। सिरिजअन्तर्गत क्यानडासँग सेप्टेम्बर २८ र अक्टोबर १ तथा ओमानसँग सेप्टेम्बर २९ र अक्टोबर २ तारिखमा प्रतिस्पर्धा गर्नेछ। त्यसपछि नेपाली टोली लिग २ अन्तर्गतकै अर्को सिरिजका लागि अमेरिका प्रस्थान गर्ने छ।

नेपाली टोली: रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *