काठमाडौँ- आइसिसी विश्वकप लिग–२ अन्तर्गत दोस्रो त्रिकोणात्मक सिरीज लागि नेपाल क्रिकेट संघ (क्यान)ले १६ सदसीय नेपाली टोलीको घोषणा गरेको छ। सन्दिप लामिछाने राष्ट्रिय टोलिमा एक वर्षपछि फर्किएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडा सिरीजको लागि रोहितकुमार पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो।

त्रिकोणात्मक सिरीजमा नेपाल, क्यानाडा र ओमान छन्। सिरीजको पहिलो खेलमा नेपालले सेप्टेम्बर १६ क्यानडासँग प्रतिस्पर्धा गर्ने छ।

यसैगरी नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानाडा र २४ मा ओमानको समाना गर्नेछ।

यसअघि नेपालले पहिलो शृंखला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो थियो। यस सिरीजमा नामिबियासँग दुवै खेल हारेको नेपालले नेदरल्यान्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो।

लिग–२ को अंकतालिकामा ८ खेलबाट ६ जितसहित १२ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ। सात खेलबाट ९ अंक जोडेको स्कटल्यान्ड दोस्रो तथा आठ खेलबाट आठसहित क्यानडा तेस्रो स्थानमा रहेको छ।

नेपाली टोली:
रोहितकुमार पौडल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (रिजभ)

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile