काठमाडौँ- वेस्ट इन्डिज भ्रमणमा रहेको दक्षिण अफ्रिकाबिचको पहिलो टेस्ट बराबरीमा सकिएको छ ।
दक्षिण अफ्रिकाले दिएको २९८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले पाँचौ दिनको खेल सकिदा ५ विकेट गुमाएर २०१ रन मात्र बनायो ।
वेस्ट इन्डिजका लागि अलिक अथानाजले सर्वाधिक ९२, केसी कार्टी र जेसन होल्डरले समान ३१, केभम हाड्जले २९ रन बनाए । दक्षिण अफ्रिकाका लागि केशब महाराजले ४ र कागिसो रबडाले १ विकेट लिए ।
सिरिजको दोस्रो टेस्ट खेल १५ अगस्टबाट सुरु हुनेछ ।
दुई टोलीबीच २४ अगस्टबाट ३ खेलको टि ट्वान्टी सिरिज पनि रहेको छ ।