काठमाडौँ- तीन खेलको ओडिआई सिरिजको पहिलो खेलमा भारत र श्रीलंकाले बराबरि खेलेका छन्।

श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट रंगशालामा भएको खेलमा श्रीलंकाले दिएको २३१ रनको लक्ष्य भारतले ४७.५ ओभरमा अल आउट हुदै २३० रन बनाएपछि खेल बराबरिमा सकिएको हो।

भारतको लागि कप्तान रोहित शर्माले सर्वाधिक ५८ रन बनाए ।त्यस्तै अक्षर पटेलले ३३, केएल राहुलले ३१, शिभम दुवेले २५ रन बनाए । विराट कोहलि २४ रनमा आउट भए।

श्रीलंकाका लागि वानिन्दु हसरंगा र कप्तान चरिथ असलंकाले समान ३-३ विकेट लिए। त्यस्ता दुनिथ विलालागेले २ तथा आसिथा फर्नान्डो, अकिला धनन्जयले समान १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३० रन बनाएको थियो ।

श्रीलंकाका लागि पथुम निशंका र दुनिथ विलालागेले अर्धशतकीय ईनिङ खेलेका थिए । विलालागेले सर्वाधिक ६७ रन बनाए ।

निशंकाले ५६ बनाए ।
त्यस्तै वानिन्दु हसरंगाले २४, जानिथा लियानयेजले २०, अखिला धनन्जयले १७ रन बनाए ।

भारतका लागि अक्षर पटेल र अर्शदिप सिंहले समान २-२ विकेट लिदा मोहम्मद सिराज, शिभम दुवे, कुलदिप यादव, वासिङ्टन सुन्दरले समान १-१ विकेट लिए ।

दोस्रो ओडिआई खेल आईतबार हुनेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile