काठमाडौँ- एलआरआई र रेडियन्ट पब्लिकले ३० औं ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । एलआरआई ब्वाइज तथा रेडियन्ट गल्र्समा च्याम्पियन बने ।
आयोजक ज्ञानोदय बालवाटिकाको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा एलआरआईले पुष्पसदनलाई ६९–५३ ले पराजित ग¥यो । एलआरआईको जितमा मन्दिप गुरागाईंले ३५ अंक योगदान गरे ।
दिब्यान्शा कार्कीको २५ अंक सहयोगमा गल्र्सको उपाधि भिडन्तमा रेडियन्टले रिब्सलाई ३८–२८ ले हरायो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय मन्दिप र दिब्यान्शा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई मेजर जनरल भिक्टरशमशेर जबरा, ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, ज्ञानोदयका भाइस प्रिन्सिपल भानु एलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ११ दिने प्रतियोगिताको ब्वाइजमा १७ तथा गल्र्समा १५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।