काठमाडौँ- पोखराको अमिसी प्रथम कथालय÷कन्स्टिलेसन कप यु–१९ बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेको छ ।

चार टिम सहभागी राउन्ड रोविन लिगमा अमिसी उपविजेता हुँदै फाइनलमा पुग्न सफल भयो । बिहीबारै २ खेल खेलेको अमिसीले मिश्रित नतिजा निकाल्यो । अमिसीले गोल्डेनगेटलाई ३२–२६ ले पराजित ग¥यो ।

अमिसीकी प्रियंका थापाले १५ अंक जोडिन् । अर्को खेलमा बलर्स एकेडेमीले अमिसीलाई २५–२४ को साँघुरोअन्तरले हरायो । बलर्सकी पेम्बा शेर्पाले १४ स्कोर गरिन् । स्कोरअन्तरमा बलर्सलाई उछिन्नदै अमिसी फाइनलमा पुग्यो । फाइनलमा अमिसीको भेट लिगको विजेता आयोजक कन्स्टिलेसन कलेजसंग हुनेछ ।

ब्वाइजमा प्रिमियर र नागर्जुन ४ ले सेमिफाइनलमा स्थान पक्का गरे । प्रिमियरले जेभियरलाई ५९–४२ ले पाखा लगायो । प्रिमियरका रिन्चेन लामाले २१ अंक जोडे । नागर्जुनले टाइम्सको चुनौती ५७–४२ ले पन्छायो ।

नागर्जुनका शशांकले २२ स्कोर गरे । विजेताद्वय सेमिफाइनलमा आमने सामने हुने छन् । अर्को सेमिफाइनल आयोजक कन्स्टिलेसन र सीसीआरसीबीच हुनेछ ।

About Author

Prakash Shrestha

Leave a Reply

Your email address will not be published. Required fields are marked *