काठमाडौं। विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।

मार्च १० देखि १३ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सटपुटमा हिमाल अर्याल, ज्याभ्लिन थ्रोमा मोहन रोका र ४ सय मिटर दौडमा नवराज कार्कीले प्रतिस्पर्धा गर्ने छन् ।

टोली प्रमुखमा राष्ट्रिय पारा एथलेटिक्स संघ नेपालका सचिव साङबु भोटे रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले आइतबारै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile