काठमाडौँ- एन्फा राष्ट्रिय लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा फ्रेन्ड्स क्लबले श्री भगवती क्लबलाई २–० गोलले पराजित गरेको छ।

खेलको ६०औँ मिनेटमा प्रसान्तको गोलबाट फ्रेन्ड्सले अग्रता बनाएको थियो। त्यसपछि खेलको ९०औँ मिनेटमा भगवतीका विश्वस चौधरीले आत्माघाती गोल गरेपछि फ्रेन्ड्सले २–० को जित सुरक्षित गरेको हो।

यो जितसँगै फ्रेन्ड्सले ९ खेलबाट ९ अंक जोड्दै तालिकाको १०औँ स्थानमा उक्लिएको छ। समान खेलबाट पाँचौँ हार बेहोरेको भगवती ८ अंकसहित १२औँ स्थानमा झरेको छ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile