काठमाडौँ- भारतले न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ।
अहमदाबादमा भएको फाइनलमा भारतले ५ विकेट गुमाएर २५५ रन बनाएको थियो। भारतका लागि सञ्जु सामसनले ४६ बलमा ८९, अभिषेक शर्माले २१ बलमा ५२ र ईशान किशनले २५ बलमा ५४ रन बनाएका थिए।
जवाफमा न्युजिल्यान्ड १९ ओभरमा १५९ रनमै अलआउट भयो। न्युजिल्यान्डका लागि टिम सिफर्टले २६ बलमा ५२ रन बनाए। भारतका जसप्रित बुमराहले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए।
यो जितसँगै भारत पुरुष टी–२० विश्वकप उपाधि जोगाउने पहिलो टोली बनेको छ।

