काठमाडौं । राष्ट्रिय लिग २०८२ अन्तर्गत आज दशरथ रंगशालामा तीन खेल हुँदैछन्।
दिनको पहिलो खेल बिहान १० बजे फ्रेन्ड्स क्लब र श्री भगवती क्लबबीच हुनेछ।
दोस्रो खेल दिउँसो २ बजे नेपाल एपीएफ क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच हुनेछ।
यस्तै दिनको अन्तिम खेल साँझ ६ बजे नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी एफसीबीच प्रतिस्पर्धा हुनेछ।

