काठमाडौँ- म्यानचेस्टर सिटीले एफए कपको क्वाटरफाइनलमा स्थान बनाएको छ।
सेंट जेम्स पार्कमा भएको पाँचौं चरणको खेलमा न्युकासल युनाइटेडले सुरुआती अग्रता लिएको थियो। तर साभिन्होले बराबरी गोल गरेपछि खेल पहिलो हाफमा १–१ को स्थितिमा पुगेको थियो।
दोस्रो हाफमा ओमर मार्मुशले पुनः गोल गर्दै सिटीलाई खेलमा फर्काएपछि म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडलाई ३–१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

