काठमाडौं । राष्ट्रिय लिग अन्तर्गत आज दशरथ रंगशालामा तीन खेल हुँदैछन्। नेपालमा सम्पन्न निर्वाचनका कारण एक साता स्थगित भएको लिग आजबाट पु:न सुरु हुन लागेको हो।
पहिलो खेलमा बिहान १० बजे जावलाखेल युथ क्लब र मछिन्द्र एफसी आमनेसामने हुनेछन्।
दोस्रो खेल दिउँसो २ बजे संकटा एफसी र लालिगुँरास एसोसिएसनबीच हुनेछ।
यस्तै तेस्रो खेल साँझ ६ बजे चर्च बोइज युनाइटेड र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

