काठमाडौँ- न्युजिल्यान्ड आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप को फाइनलमा प्रवेश गरेको छ। बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै उपाधिनजिक पुगेको हो।
कोलकातास्थित इडेन गार्डेन्स मा भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १७० रनको लक्ष्य न्युजिल्यान्डले १२.५ ओभरमा १ विकेटको क्षतिमा १७३ रन बनाउँदै सहज रूपमा पूरा गर्यो।
न्युजिल्यान्डको जितमा फिन एलेन नायक बने। उनले मात्र ३३ बलमा शतक पूरा गर्दै आक्रामक ब्याटिङ प्रदर्शन गरे।
