काठमाडौं। एन्फा राष्ट्रिय लिग अन्तर्गत बिहीबार सम्पन्न खेलमा न्यू रोड टिम (एनआरटी) र प्लानिङ ब्वाइज युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन्।
दशरथ रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेका हुन्।
प्लानिङ ब्वाइजका लागि कप्तान प्रताप सिंह राईले अग्रता दिलाएका थिए। तर एनआरटीका तिमोथि चिमेरेले बराबरी गोल फर्काए।
यो संगै दुवै टोलीले १-१ अंक बाडेका छन्।
