काठमाडौँ- क्याम्प नाँउमा भएको खेलमा बार्सिलोनाले संघर्षरत मालोर्कामाथि ३–० को सहज जित निकाल्दै ला लिगाको शीर्षस्थानमा आफ्नो अग्रता चार अंकमा पुर्याएको छ।
खेलमा बार्सिलोनाका लागि रोबर्ट लेवान्डोव्स्की, लामिन यामाल र मार्क बर्नालले गोल गरे। पहिलो हाफमा मालोर्काका जान भिर्गिलीले बार्सिलोनाका डिफेन्डर जुल्स कुन्देलाई केही समय समस्यामा पारे पनि पाहुना टोलीले गोल गर्ने मौका सदुपयोग गर्न सकेन।
यस जितसँगै बार्सिलोनाले ला लिगाको शीर्षस्थानमा आफ्नो पकड झन् मजबुत बनाएको छ।

