काठमाडौँ- समृद्धि स्कुलले आफ्नो नवौं वार्षिक दिवसका अवसरमा करातेका सुमन तिमल्सिनालाई सम्मान गरेको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सुमनलाई करातेमा हासिल गरेको उपलब्धी र करातेको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
सुमनलाई समृद्धिका अध्यक्ष मनोहरकुमार भट्टराई र फाइनान्स डाइरेक्टर अच्यूत अधिकारीले एक कार्यक्रमबीच प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

