काठमाडौँ- आयुशमान हजुर घले र असभसम्राट हाडा फ्ल्यास स्पोर्ट्स राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१८ ब्वाइज सिंगल्समा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

आयुशमानले शास्वत वज्राचार्यलाई ६–२ र ६–१ तथा असभले दर्सिल श्रेष्ठलाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गरे । सो स्पर्धाको गल्र्समा स्वस्तिका विष्टले समृद्धि महर्जनलाई ६–० र ६–१ को सेटमा हराउदै आद्या पौडेलसंग फाइनल भेट पक्का गरिन् ।

फ्ल्यास स्पोर्ट्स टेनिस एकेडेमीको आयोजनामा बूढानीलकण्ठमा भइरहेको प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा प्रारथ्या रिजाल, सुरेन्द्र विक, असभसम्राट हाडा र साङ्गे रोकाया सेमिफाइनलमा पुगे ।

यु–८ गल्र्स सिंगल्समा भानी अग्रवाल र अनुपमा श्रेष्ठले उपाधि भिडन्त पक्का गरे । यु–१२ ब्वाइज सिंगल्समा आरित मल्ल र सभ्यजंग कार्कीले फाइनल यात्रा तय गरे । सो स्पर्धाको गल्र्समा सारा पन्त, नाइरा छोडेन घले, आर्या पौडेल र तभिसी राणा सेमिफाइनलमा प्रवेश गरे ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile