काठमाडौँ — रियल म्याड्रिड कोपा डेल रे फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। दोस्रो डिभिजन क्लब अल्बासेटेले अल्भारो आर्बेलोआको प्रशिक्षणमा पहिलो खेलमै रियललाई पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो।
शनिबार लेभान्तेसँग हुने ला लिगा खेललाई ध्यानमा राख्दै आर्बेलोआले किलियन एम्बाप्पे, रोड्रिगो, थिबो कुर्टुवा र जुड बेलिङ्घमलाई विश्राम दिएका थिए। साथै उनले एकेडेमी खेलाडी जर्जे सेस्तेरो र डेभिड जिमेनेजलाई मौका दिएका थिए।
अल्बासेटेले खेलको ४२औँ मिनेटमा जाभी भिल्लारले होसे लाजोको कर्नरमा हेडरमार्फत गोल गर्दै अग्रता लिएको थियो। त्यसको जवाफ रियलले पहिलो हाफको अतिरिक्त समयमा फ्राङ्को मास्तान्तुओनोमार्फत बराबरी गोल फर्कायो।
यस जितसँगै अल्बासेटेले १५ पटक च्याम्पियन्स लिग जितेको रियल म्याड्रिडविरुद्ध इतिहासकै पहिलो जित निकाल्दै कोपा डेल रे क्वार्टरफाइनलमा स्थान बनाएको छ।

