काठमाडौँ- सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ ६–अन्डर ६४ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन् ।
निरजले टंकबहादुर कार्की र बलभद्र राईलाई १८ होलको समाप्तीमा ३ स्ट्रोकको अग्रता बनाएका छन् । ३–अन्डर ६७ को स्कोर बनाएका टंक र बलभद्र संयुक्तरुपमा दोस्रो स्थानमा रहेका छन् ।

