काठमाडौँ । शहीद मानबहादुर स्मृति प्रतिष्ठानको आयोजनामा हुने दोस्रो शहीदमानबहादुर स्मृति कप २०८२ अन्तर्गत लिग चरणका खेल तालिका सार्वजनिक गरिएको छ। प्रतियोगिताका सबै खेलहरू काठमाडौँको फर्पिङस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुनेछन्।
वडा स्तरीय सहभागितामा आयोजना हुने यस प्रतियोगितामा स्थानीय वडाहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ। हाल सार्वजनिक गरिएको खेल तालिका लिग चरणका खेलहरू मात्र रहेको आयोजकले स्पष्ट गरेको छ।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण खेलदृश्यको फेसबुक र युट्युबबाट गरिने आयोजकले बताएको छ।
प्रतियोगिताका प्रत्येक दिन डबल–हेडर प्रणालीअनुसार दुई खेल सञ्चालन गरिनेछन्। जसअनुसार पहिलो खेल दिउँसो १२:१५ बजे र दोस्रो खेल २:१५ बजे सुरु हुनेछ।
प्रतियोगिताको पहिलो दिन माघ ३ गते १२:१५ बजे वडा नं. ६ र वडा नं. २ बीच प्रतिस्पर्धा हुनेछ भने सोही दिन २:१५ बजे वडा नं. ८ र वडा नं. १ आमनेसामने हुनेछन्।
माघ ४ गते १२:१५ बजे वडा नं. ४ र वडा नं. ५ बीच खेल हुनेछ भने २:१५ बजे वडा नं. ७ र वडा नं. ३ बीच प्रतिस्पर्धा हुनेछ। माघ ५ गते १२:१५ बजे वडा नं. ६ र वडा नं. ८ तथा २:१५ बजे वडा नं. २ र वडा नं. ९ बीच खेल हुने तालिका सार्वजनिक गरिएको छ।
माघ ६ गते १२:१५ बजे वडा नं. ४ र वडा नं. ७ तथा २:१५ बजे वडा नं. ५ र वडा नं. ३ बीच खेल हुनेछ। माघ ७ गते १२:१५ बजे वडा नं. ६ र वडा नं. १ तथा २:१५ बजे वडा नं. ८ र वडा नं. ९ बीच प्रतिस्पर्धा हुनेछ।
यसैगरी माघ ९ गते १२:१५ बजे वडा नं. ६ र वडा नं. ९ तथा २:१५ बजे वडा नं. २ र वडा नं. १ बीच खेल हुनेछ। लिग चरणका अन्तिम खेलहरू माघ १० र ११ गते सञ्चालन हुनेछन्। माघ १० गते १२:१५ बजे वडा नं. ४ र वडा नं. ३ तथा २:१५ बजे वडा नं. ५ र वडा नं. ७ बीच खेल हुनेछ। माघ ११ गते १२:१५ बजे वडा नं. २ र वडा नं. ८ तथा २:१५ बजे वडा नं. १ र वडा नं. ९ बीच प्रतिस्पर्धा हुनेछ।
आयोजकका अनुसार सेमिफाइनल चरणमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनल र फाइनलका खेल तालिका लिग चरण सम्पन्न भएपछि सार्वजनिक गरिनेछ।
प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १११ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। यसैगरी उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उदाउँदो खेलाडी, उत्कृष्ट प्रशिक्षक तथा उत्कृष्ट टिमलाई पनि नगद पुरस्कार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

