काठमाडौं। सिन्धुपाल्चोकका फुटबलर सुनील तामाङ राष्ट्रिय लिगका लागि मनाङ मर्स्याङ्दी क्लबमा अनुबन्धित भएका छन्।
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबबाट खेलिसकेका सुनील यसपटक भने मनाङको जर्सीमा देखिने भएका हुन्।
मनाङले राष्ट्रिय लिगलाई लक्षित गर्दै टोलीलाई थप बलियो बनाउने क्रममा सुनीललाई अनुबन्ध गरेको हो। राष्ट्रिय लिग पुस ३० गतेबाट सुरु हुँदैछ।

