काठमाडौँ — मोहमद सालाह फेरि एकपटक गोलकर्ताको सूचीमा परेपछि इजिप्टले २०२५ अफ्रिका कप अफ नेसन्स (आफ्कन) को रोमाञ्चक क्वार्टरफाइनलमा साविक विजेता आइभरी कोस्टलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ।

खेलको चौथो मिनेटमै ओमर मार्मुशले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएपछि खेलभरि उत्तर अफ्रिकी टोली कहिल्यै पछि परेन। ३०औँ मिनेटपछि रामी राबियाको हेडरमार्फत इजिप्टले २–० को अग्रता बनाएको थियो।

पहिलो हाफ समाप्त हुनुअघि अहमद फातुहको आत्मघाती गोलबाट आइभरी कोस्टले पुनरागमनको आशा जगाएको थियो।दोस्रो हाफको सुरुवातमै सालाहले गोल गर्दै इजिप्टको दुई गोलको अग्रता पुनः कायम गरे।

अब इजिप्टले बुधबार मोरक्कोको ट्याङ्गियरमा सेनेगलसँग सेमिफाइनल खेल्नेछ। सेनेगलले २०२१ को फाइनलमा इजिप्टलाई पराजित गरेको थियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile