काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान तथा फरवार्ड सावित्रा भण्डारी (साम्बा) नौदेखि १२ महिना मैदानबाहिर रहने भएकी छन् ।
बुधबार अस्ट्रेलियन शीर्ष डिभिजन क्लब वेलिङ्घन फोनिक्सले साम्बाको स्वास्थ्य परीक्षणका क्रममा गम्भीर चोट लागेको देखिएको पुष्टि गरेको छ । उनी नौदेखि १२ महिनासम्म मैदानबाहिर रहने सक्ने क्लबले जनाएको छ ।
क्लबका अनुसार, यही जनवरी ३ मा सम्पन्न ब्रिस्बेन रोरविरुद्धको खेलमा उनी घाइते भएकी थिइन् ।

