काठमाडौँ । बार्सिलोनाले क्याटालान डर्बीमा एस्पान्योललाई पराजित गर्दै ला लिगाको शीर्षस्थानमा आफ्नो अग्रता ७ अंकमा पुर्याएको छ। शनिबार सम्पन्न खेलमा डानी ओल्मो र रोबर्ट लेवान्डोव्स्कीले अन्तिम समयमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण जित दिलाए।
खेल ८६औँ मिनेटसम्म बराबरीमा थियो। त्यसपछि फरमिन लोपेजको पासमा ओल्मोले उत्कृष्ट कर्लिङ प्रहारमार्फत गोल गरे भने ९०औँ मिनेटमा लेवान्डोव्स्कीले नजिकबाट गोल गर्दै जित सुनिश्चित गरे।
यस सिजन दोस्रो हाफको अन्तिम १५ मिनेटमा १२ गोल गर्दै बार्सिलोनाले ढिलो गोल गर्ने टोलीको रूपमा आफूलाई स्थापित गरेको छ।
यस जितसँगै बार्सिलोना शीर्षस्थानमा मजबुत बनेको छ। दोस्रो स्थानमा रहेको रियल म्याड्रिडले आइतबार रियल बेटिसलाई हराएमा अंक दूरी ४ मा झर्नेछ।

