काठमाडाैँ। भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने भएको छ।

आगामी फेब्रुअरी ७ तारिखदेखि सुरु हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी (पुस २१ गते सोमबारदेखि २३) जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा हुने तय भएको नेपाल क्रिकेट सङ्घ (क्यान)द्वारा आज जारी विज्ञप्तिमा जनाएको छ।

विज्ञप्तिमा उक्त ट्रफी टुर कार्यक्रमको विस्तृत विवरण, तालिका, स्थान तथा विभिन्न गतिविधिहरूको जानकारी भने अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जनाएको छ। विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ। नेपालको समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन्।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile