काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक अध्यक्ष पंकज विक्रम नेम्वाङको अध्यक्षतामा मिति २०८२ पुष १६ गते सातदोबाटोस्थित एन्फा कमप्लेक्समा सम्पन्न भएको छ।
बैठकले एन्फाको नियमित साधारण सभा मिति २०८२ माघ २८ गते झापामा सम्पन्न गर्ने निर्णय गरेको छ। एन्फा विधानको धारा ३१ को ‘त’ बमोजिम निर्वाचनसम्बन्धी व्यवस्था साधारण सभाको एजेण्डामा समावेश गरी एन्फा कार्यसमितिको अन्तिम निर्वाचनसमेत गर्ने निर्णय गरिएको छ।
त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ को लेखा परीक्षणका लागि अडिट तथा अनुपालक समितिको सिफारिसअनुसार सुदेश एसोसिएट्सलाई लेखा परीक्षक नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।

