काठमाडौँ- घरेलु मैदानमा म्यानचेस्टर युनाइटेड र वुल्भ्सबीचको खेल १–१ को बराबरीमा सकिएको छ।
बराबरीसँगै युनाइटेडले महत्वपूर्ण तीन अंक जोड्न सकेन भने वुल्भ्सले लामो समयपछि लिगमा अंक हासिल गर्यो।
यो बराबरीपछि म्यानचेस्टर युनाइटेड २०२५ को अन्त्यसम्म लिग तालिकाको छैटौँ स्थानमा कायम रहेको छ। युनाइटेड गोल अन्तरका आधारमा चेल्सीभन्दा पछाडि रहेको छ।
वुल्भ्स भने रेलिगेशन जोन नजिकै रहँदै पनि अक्टोबरयता पहिलो अंक जोड्न सफल भएको छ।

