काठमाडौँ। नवौँ एनभीए क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ न्यु डायमन्ड स्पोर्ट्स क्लब समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार राखेपको कभर्डहलमा भएको खेलमा न्यु डायमन्डले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै लगातार तेस्रो जित निकाल्यो।
उता, समूह ‘बी’ मा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई रोमाञ्चक खेलमा ३–२ को सेटमा पराजित गरेको छ। पुलिस २५–२१, २५–१५, २२–२५, २१–२५ र १५–९ ले विजयी हुँदै समूहमा अपराजित रहेको छ।

