काठमाडौं । नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार उनलाई पोखरामा माघ १५ गतेदेखि सुरु हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि जिम्मेवारी दिएको हो।
यसैगरी गोलकिपिङ प्रशिक्षकमा राजु सिंह महर्जन नियुक्त भएका छन्। एन्फाका महासचिव किरण राईले दुवैलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन्।
अनुभवी प्रशिक्षक श्रेष्ठले नेपाल सुपर लिग, भुटानी प्रिमियर लिग र घरेलु शीर्ष डिभिजन फुटबलमा समेत प्रशिक्षण अनुभव हासिल गरेका छन्।

