काठमाडौँ- नेपाली टेनिस खेलाडी अभिलाषा विष्ट डब्लुटीए डब्लु ३५ को मुख्य ‘ड्र’ मा प्रवेश गरेकी छन् ।

छनोट चरणको महिला सिंगल्समा अभिलाषाले अमेरिकाकी प्रिसा भ्यासलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरी मुख्य ‘ड्र’ मा प्रवेश गरेको नेपाल टेनिस संघका सचिव अजय विष्टले जनाएका छन् ।

केन्याको नयरोबीमा डिसेम्बर २८ देखि सुरु भएको प्रतियोगिता जनवरी ३ तारिखसम्म चल्ने छ । प्रतियोगिताको कुल पुरस्कार राशी २५ हजार अमेरिकी डलर रहेको छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile