काठमाडौँ- अफ्रिका कप अफ नेशन्स फुटबलमा अल्जेरियाले बुर्किना फासोलाई १–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ। मोरक्कोको राबातमा सम्पन्न खेलमा रियाद महरेजले पेनाल्टीमार्फत निर्णायक गोल गरे।

खेलको पहिलो हाफमा इस्माहिला ओएद्राओगोको फाउलपछि प्राप्त पेनाल्टीलाई महरेजले गोलमा परिणत गरेका हुन्। यससँगै महरेजले प्रतियोगितामा दुई खेलमा तीन गोल पूरा गरेका छन्। उनले यसअघि सुडानविरुद्धको खेलमा दुई गोल गरेका थिए।

२०१९ का च्याम्पियन अल्जेरियाले यस जितसँगै लगातार दुई पटक समूह चरणमै बाहिरिनु परेको नकारात्मक लय तोडेको छ। बुर्किना फासोले खेलमा बराबरीका लागि प्रयास गरे पनि सफल हुन सकेन। पियरे काबोरेले पहिलो हाफमा दुई पटक खतरा सिर्जना गरे।

दोस्रो हाफमा पनि बुर्किना फासोले दबाब बढाए पनि ८२औँ मिनेटअघिसम्म गोलप्रहार गर्न सकेन। अर्कोतर्फ बुर्किना फासोका गोलकिपर हेर्भे कोफीले अल्जेरियाका काउन्टर आक्रमणहरूलाई रोक्दै महत्वपूर्ण बचाउ गरे।

यस नतिजासँगै अल्जेरिया समूह ‘ई’को शीर्ष स्थानमा ६ अंकसहित पुगेको छ। बुर्किना फासो र सुडान समान ३–३ अंकमा छन्। आइतबार सुडानले इक्वेटोरियल गिनीलाई १–० ले पराजित गरेपछि उक्त टोली प्रतियोगिताबाट बाहिरिएको छ।

समूह चरणका अन्तिम खेलहरू बुधबार हुनेछन्। अल्जेरियाले राबातमा इक्वेटोरियल गिनीसँग खेल्नेछ भने बुर्किना फासोले कासाब्लांकाामा सुडानको सामना गर्नेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile