काठमाडौँ- प्रिमियर लिग अन्तर्गत राति भएको खेलमा टोटनहम हट्सपर घरेलु मैदानमै लिभरपुलसँग २–१ ले पराजित भएको छ। विवादास्पद रेफ्री निर्णय र दुई रातो कार्डले भरिएको खेलमा एक खेलाडी कम हुँदासमेत टोटनहमले कडा संघर्ष प्रस्तुत गरेको थियो।

जाभी सिमोन्स भर्जिल भान डाइकविरुद्धको फाउलका कारण रातो कार्ड पाउँदै मैदान बाहिरिए, जसले टोटनहम १० खेलाडीमा सीमित भयो। त्यसपछि लिभरपुलले दबाब कायम राख्दै दुई गोलको अग्रता बनायो।

दोस्रो हाफको अन्त्यतिर सब्स्टिच्युटका रूपमा मैदान प्रवेश गरेका रिचार्लिसनले गोल गर्दै टोटनहमलाई खेलमा फर्काउने प्रयास गरेका थिए।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile