काठमाडौँ- तेस्रो थन्डर बोल्ट्स कप २०२५ अन्तर्गत शनिवार सम्पन्न यु–१६ छात्रातर्फको फुटसलमा एभीएम स्कुलले
पुष्पाञ्जली स्कुललाई ३-० ले पराजित गर्दै स्वर्ण पदक जितेको छ।

त्यस्तै क्रिकेट यु–१२ क्रिकेटको उपाधि न्यु एराले जित्यो। न्यु एरा स्कुलले जेम्स स्कुललाई ५ रनले पराजित गर्दै
स्वर्ण पदक जितेको थियो।

यसै गरी बास्केटबलतर्फ यु–१६ छात्र तर्फका खेलमा मातृभूमि स्कुल, रातो बङ्गला स्कुल, जेम्स स्कुल र
एलआरआई स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन्। क्वार्टर फाइनलमा मातृभूमि स्कुलले डिएभी स्कुलमाथि
५४–१५ तथा जेम्स स्कुलले लर्डस लाइट एकेडेमीलाई ३१–२७ ले पराजित गरेका थिए।
यु–१८ छात्रा बास्केटबलको क्वार्टर फाइनलमा गोल्डेनगेट इन्टरनेसनल कलेजले भ्याली पब्लिक स्कुललाई
२७–२४ ले जेभियर इन्टरनेसनल कलेजले इम्पेरियल कलेजलाई २८–६ ले हराउँदै सेमिफाइनल प्रवेश गरेका
छन्। ब्लु वर्ड कलेज र जेम्स स्कुल पनि शीर्ष ४ मा पुगेका छन्।

टेबल टेनिस अन्तर्गतको यु–१२ छात्रा एकलतर्फ एभीएम स्कुलकी इशारा शाक्य प्रथम भइन्। एभीएम स्कुलकै
एन्जेला क्षेत्री दोस्रो भइन् भने आरम्भ संस्कार विद्यालयकी प्रज्ञा महर्जन र एभीएम स्कुलकी काव्या शाक्य
संयुक्त रूपमा तेस्रो स्थानमा रहिन्।

त्यसै गरी यु–१२ छात्र एकलतर्फ डिएभी स्कुलका रीभान मुनी बज्राचार्य प्रथम, एभीएम स्कुलका आरव मल्ल
दोस्रो तथा डिएभी स्कुलका आयांशु शर्मा रेग्मी र एभीएम स्कुलका शिरीष शाक्य संयुक्त तेस्रो भए।
यु–१५ छात्रा एकलतर्फ सेन्ट मेरीज स्कुलकी सुरम्य शाक्य प्रथम, फ्युचर स्टार स्कुलकी एम्रिन महर्जन दोस्रो
तथा एभीएम स्कुलकी अर्शना महर्जन र लिटल एन्जल्स स्कुलकी पामिला जोशी संयुक्त तेस्रो स्थानमा रहे।

यु–१५ छात्र एकलतर्फ भास्सरा सेकेन्डरी स्कुलका रिजान शाक्य प्रथम, आरम्भ संस्कार विद्यालयका निश्छल
थापा दोस्रो तथा न्यु होराइजन स्कुल, बुटवलका सुबिन क्षेत्री र एभरेस्ट बोर्डिङ स्कुलका आर्यन शाही संयुक्त
तेस्रो भए।

यु–१८ छात्रा एकलतर्फ जेम्स स्कुलकी नर्मदा खैटु प्रथम, ग्लोरिया स्कुलकी महिमा महतो दोस्रो तथा काव्या
स्कुलकी कृतिका न्यौपाने र एभीएम स्कुलकी श्रेया शाक्य संयुक्त तेस्रो भए।  यु–१८ छात्र एकलतर्फ भने

एभीएम स्कुलका प्रजिल भट्टराई प्रथम, एभीएम स्कुलकै जयाश्नु महर्जन दोस्रो तथा ख्वोपा स्कुलका न्युनिश
सुवाल र समृद्धि स्कुलका सार्थक मानन्धर संयुक्त तेस्रो भए।

आर्चरी (सोकेस) च्याम्पियनसिपमा छात्रा एकलतर्फ जेम्स स्कुलकी सानिया आचार्यले स्वर्ण, जेम्स स्कुलकै
सुप्रिया अर्यालले रजत तथा सेलिब्रेशन को–एड स्कुलकी रिदिमा श्रेष्ठले कांस्य पदक जितिन्।
छात्र एकलतर्फ सेलिब्रेशन को–एड स्कुलका नोलन पाण्डेले स्वर्ण, जेम्स स्कुलका आविष्कार आचार्यले रजत तथा
जेम्स स्कुलकै अरिन पराजुलीले कांस्य पदक प्राप्त गरेका थिए।

भलिबल अन्तर्गत यु–१८ छात्रा भलिबलको सेमिफाइनलमा सेन्ट लरेन्स स्कुलले इम्पेरियल कलेजलाई तथा
माउन्ट ओलिभ स्कुलले जेम्स स्कुललाई २५–१५ र २५–११ ले हराउँदै फाइनलमा स्थान बनाएको छ। यु–१८
छात्र भलिबलको सेमिफाइनलमा भने सेन्ट लरेन्स स्कुलले माउन्ट ओलिभ स्कुललाई तथा मोलिस स्कुलले ब्लु
वर्ड कलेजलाई हराउँदै फाइनलमा प्रवेश गर्‍यो।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेबापत गोल्डेन सिद्धार्थ एकेडेमीका मिराज तामाङ, रातो बङ्गला स्कुलका
सहर्ष श्रेष्ठ, केएमसी स्कुलका शिवम दास, कान्जिरोवा सेकेन्डरी स्कुलका अभिनव रिमाल, बृहस्पति विद्या
सदनका शिवांश कार्की तथा गोदावरी रेसिडेन्सियल स्कुलका अभिनीत खनाललाई उत्कृष्ट खेलाडी पुरस्कार
प्रदान गरियो।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile