काठमाडौं । साफ क्लब महिला च्याम्पियनसिपमा घरेलु टिम सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लब आज निर्णायक खेलमा उत्रँदै छ । एपीएफले आइतबार पाकिस्तानी क्लब कराची सिटी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ४ बजे सुरु हुनेछ ।

फाइनल पुग्ने सम्भावना कायम राख्न दुवै टोलीका लागि यो खेल जित्नैपर्ने अवस्थामा छ । तालिकाको दोस्रो स्थानमा रहेको एपीएफले दुई खेलबाट एक जित र एक बराबरीसहित ४ अंक जोडेको छ ।

यता, तालिकाको तेस्रो स्थानमा रहेको कराची सिटी एफसीले तीन खेल खेल्दै सबै खेल गोलरहित बराबरीमा टुंग्याएर ३ अंक बटुलेको छ ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile