काठमाडौँ- च्याम्पियन्स लिग समूह चरणको खेलमा लिभरपुलले मिलानमा भएको अवे मुकाबिलामा पेनाल्टी गोलको सहायतामा जित दर्ता गरेको छ।
मोहम्मद सालाहको अनुपस्थितिमा १२ गजबाट जिम्मेवारी सम्हालेका डोमिनिक सोबोस्लाईले पहिलो हाफमै पेनाल्टी सफल पार्दै लिभरपुललाई अग्रता दिलाए, यही गोल अन्तिमतौरमा निर्णायक बन्यो।
सिजनको कठिन चरणका बीच आर्ने स्लोटको टोलीले शान्त र अनुशासित प्रदर्शन गर्दै क्लीन–सिट सहित मूल्यवान तीन अंक बटुलेको छ।
कप्तान भर्जिल भान डाइकको नेतृत्वमा लिभरपुलको डिफेन्स बलियो रह्यो भने रोबर्टसनले पनि प्रभावकारी खेल खेले। सालाह बिना च्याम्पियन्स लिगमा लिभरपुलको यो २००९ पछि पहिलो अवे जित हो, र सान सिरोमा पछिल्ला चार वर्षमा आएको चौथो जीत पनि हो।

