काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सिजन–२ को इलिमिनेटर खेलमा आज लुम्बिनी लायन्स र काठमाडौं गोर्खाज भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ।

मोन्टी देसाईको नेतृत्वमा रहेको काठमाडौं गोर्खाज उत्कृष्ट प्रदर्शनसहित लिग चरणको तेस्रो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेको हो। काठमाडौंले खेलेका सात खेलमध्ये पाँचमा जित दर्ता गरेको थियो।

टिनु योहाननको कप्तानीमा रहेको लुम्बिनी लायन्स भने चौथो स्थानमा रहँदै दोस्रो चरणमा पुगेको हो। लुम्बिनीले समूह चरणमा चार जित निकाल्दै पहिलोपटक प्लेअफ यात्रा सुनिश्चित गर्न सफल भएको थियो।

आजको इलिमिनेटर नकआउट प्रकृतिको भएकाले यस खेलका विजेताले मात्र उपाधिको प्रतिस्पर्धा कायम राख्नेछन्, जबकि पराजित टोलीको यात्रा यतै समाप्त हुनेछ।

इसअघि मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाइसकेको छ। इलिमिनेटर खेलको विजेता टोलीले भोलि विराटनगर किङ्ससँग दोस्रो क्वालिफायर खेल्दै फाइनलको अर्को टिकटका लागि प्रतिस्पर्धा गर्नेछ।

Khel Drishya's avatar
About Author

Khel Drishya

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Gravatar profile