काठमाडौँ- उपाधि दाबेदारी टोलि इस्ट बेंगालले साफ क्लब च्याम्पियन्सिपमा सुखद सुरुवात गरेको छ। दशरथ रंगशालामा भएको खेलमा इस्ट बेंगालकि कप्तान फाजिला इक्वापुत चम्किँदा ट्रान्सफर युनाईटेडलाई गोलले पराजित गरेको छ। खेलमा फाजिलाले २ शानदार गोल गर्दा २ वटा असिस्ट पनि गरिन्।
विदेशि खेलाडीले भरिएको बेंगालले सुरुवाति समयदेखि नै खेलमा दबदबा बनाउदै एकतर्फि नतिजा निकाल्यो।
इस्ट बेंगालले आफ्नो कप्तान फाजिला इक्वापुतको गोलमा अग्रता दिलाइन्। उनले ३६औ मिनेटमा सुन्दर क्रसमा हेडर गोल गर्दै अग्रता दिलाइन्।
बेंगालले दोस्रो गोल खेलको ६०औँ मिनेटमा गर्यो। फर्वाड सुलन्जला राउलले कप्तान फाजिलाको सुन्दर क्रसमा गोल गरेकी थिइन्।
६३औँ मिनेटमा बेंगालले अग्रता तेब्बर बनायो। मिडफिल्डर रेस्टि नान्जिरिले कप्तान फाजिलाको क्रसमा सुन्दर वान टच गोल गरिन्।
७२औँ मिनेटमा फाजिलाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलिलाई ४-० को अवस्थामा पुर्याउदै जीत सुनिश्चित गराइन्।
जीतपछि बेंगालको तीन अंकपुगेको छ। समान अंक रहेको घरेलु टोलि एपिएफसंग बेंगालले शिर्ष दुईमा बस्नेछ।
पहिलो खेलमा बराबरि र दोस्रो खेलमा पराजयपछि १ अंक जोडेको भुटानि क्लब ट्रान्सफरको शिर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कमजोर बनेको छ।
ट्रान्सफरले आफ्नो पहिलो खेलमा पाकिस्तानको काराची एफसीसंग गोलरहित बराबरि खेलेको थियो। अब ट्रान्सफरले आफ्नो तेस्रो खेलमा घरेलु टोलि एपिएफसंग खेल्नेछ। एपिएफले आफ्नो पहिलो खेलमा बांगलादेशको क्लब नास्रिन एकेडेमिविरुद्ध ४-० गोलको शानदार जीत निकालेको थियो।
उता बेंगालले आफ्नो दोस्रो खेलमा पाकिस्तानको कराचि एफसीसंग खेल्नेछ।
प्रतियोगिता सिंगल राउन्ड रोविन लिगको आधारमा भइरहेको छ।

